ट्रम्पकी छोरीको हातबाट शक्ति समूहकी सुनिता दुनुवारलाई विश्व प्रतिष्ठित ‘हिरो अवार्ड’

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ अवार्डबाट पुरस्कृत भएकी छन् । अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ सुनितालाई घोषित गरेको छ ।

हिरो अवार्ड ग्रहण गर्दै शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार । तस्विर : एजेन्सी
अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई प्रदान गरेका छन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्तामध्येबाट एक जनालाई ‘टीआईपी हिरो’ अवार्ड दिने गरेको छ ।

सो अवार्ड पाउने दनुवार दोस्रो नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् ।
यो अवार्ड अमेरिका सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठत मानिन्छ । अमेरिकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना फैलाउँदै उद्धार, पुनस्र्थापना तथा कानुनी लडाईमा सफलता प्राप्त गर्ने विश्वभरका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्ने गरेको छ ।

बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समूह विश्वकै पहिलो संस्था हो । अमेरिकी बिदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको रुपमा शक्ति समूहलाई मान्यता दिइएको छ ।

दनुवारले मानब बेचबिखनबिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरिकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । शक्ति समूहले मानब बेचबिखन तथा आधुनिक दासताविरुद्ध २० वर्षदेखि निरन्तर क्रियाशील छ । यस संस्थाले वेचविखनमा परेका महिलाहरुको उद्धार, पुनस्र्थापना, सीप तथा तालिम प्रदान गर्दै समाजमा पुुनस्र्थापित गराउन ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार