रेकर्ड तोड्दै रणवीरको सन्जु

‘सन्जु’ फिल्मसँगै बलिउड स्टार रणवीर कपुरले पुनः आफ्नो स्टारडम देखाएका छन् । रणवीरको फिल्म सन्जुले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यस्तै कमाइ गर्ने हो भने फिल्मले ३ दिनमा सय करोड पु-याउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पाँच वर्षअघि आएको उनको ‘ए जवानी है दिवानी’ फिल्म सुपरहिट भएको थियो, तर यसपछि आएका उनका फिल्महरू फ्लप भएका थिए ।

‘सन्जु’मा रणवीरले बलिउडका ‘ब्याड ब्वाई’ भनेर चिनिने अभिनेता सञ्जय दत्तको भूमिका निभाएका छन् । यस फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । समीक्षकले पनि फिल्मबारे राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

रणवीरका साथमा बिक्की कौशलको अभिनयको पनि समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । पछिल्लो समय फ्लप फिल्म दिइरहेका रणवीर कपुरलाई यस फिल्मले नयाँ उचाइ दिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पाँच वर्षअघि आएको उनको ‘ए जवानी है दिवानी’ फिल्म सुपरहिट भएको थियो, तर यसपछि आएका उनका फिल्महरू फ्लप भएका थिए । यस फिल्ममा रणवीरका साथै दिया मिर्जा, अनुष्का शर्मा, सोनम कपुर र परेश रावल पनि मुख्य भूमिकामा छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार