नायिका साम्राज्ञी उनको प्रेमी मयंकको प्रेम द इन्ड

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् ।

हुनत, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरुको प्रेमलाई सार्वजनिक रुपमा स्विकार गरेनन् । कार्यक्रममा पुग्दा पनि मयंकले पत्रकारलाई आफ्नो तस्बिर नलिन आग्रह गरे ।

चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका लागि दोश्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकविच खटपट आएको चर्चा चलेको छ । तर, यसको सुरुवात भने त्यस अगाडि नै भएको थियो । डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समातेको थियो । सो समयमा मयंक पनि एक रात जेल परेका थिए । सोही समयदेखि नै साम्राज्ञी मयंकसँग केही टाढा भएको बुझिएको छ ।

यता, साम्राज्ञीलाई मयंकले शंका गर्न थालेकाले सम्बन्धमा उतारचढाव आएको समेत चर्चा चलेको छ । साम्राज्ञीले ब्रेकअप भएर के भयो तु भन्नु बाहेक अरु प्रतिक्रिया दिएकी छैनन् ।

मयंकले भने, मैले शंका गरेँ रे, कति हाँस्नु रुु भन्दै स्टाटस लेखेका छन् । साम्राज्ञी र मयंकविच लफडा उत्पन्न भएको केही महिना भयो । तर, चलचित्र तिमी सँगु को प्रिमियरमा मयंक पुगेपछि उनीहरुविच सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । तर, अहिले यो जोडी अलग भएको छ ।

मयंकले साम्राज्ञीसँग ब्रेकअप भएको आफू निकट केही साथीहरुलाई समेत सुनाएका थिए । साम्राज्ञी भने प्रेमको बिषयमा केही पनि बोल्ने मुडमा छैनन् ।

मयंक र साम्राज्ञीको सामाजिक संजालमा युगल तस्बिर प्रशस्त भेटिन्छ । साम्राज्ञी, मयंकले संचालन गरेको डेजाभु क्लबमा प्राय देखिने गर्थिन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार