नेपाली चलचित्र रेश को नेपाल लगायत विश्वको विभिन्न भागमा बिशेष च्यारिटी शो हुने क्रम जारि छ सोहि क्रममा ईनास युएई को आयोजना मा गत जुलाई ६ असार २२ मा आबूधाबी को फोल्कलोर थिएटर मा चलचित्र “रेश” को भब्य रुपमा रेड कार्पेट शो भएको छ |
चलचित्र रेश हेरेपछि दर्शकहरु बाट अत्यन्तै राम्रो प्रतिक्रिया आएको कुरा निर्देशक किशोर सुब्बा ले फोन मार्फत पाथिभरा च्यानल लाई बताउनु भयो | उक्त अवसरमा मेनुका पौडेलको साथमा समर हङगामा प्रोग्राम पनि प्रस्तुत भएकोथियो !
चलचित्र रेश हेरेपछि दर्शकहरु बाट अत्यन्तै राम्रो प्रतिक्रिया आएको कुरा निर्देशक किशोर सुब्बा ले फोन मार्फत पाथिभरा च्यानल लाई बताउनु भयो |
स्थानिय कलाकार हरुको समेत प्रस्तुति रहेको उक्त प्रोग्राम मा निर्देसक किशोर सुब्बा, मुख्य निर्माता हस्त लिबाङ,निर्माता हेमन्त गौतम को उपस्थिति रहेको थियो | चलचित्र लाई सबै युएई बासि दर्सक हरुले अत्याधिक मनपराएकोमा आफुलाई सारै खुशी लागेको कुरा निर्माता हस्त लिबाङ बताउनु हुन्छ
| अब चाडै नै कतार,ईजराईल,डेनमार्क,जापान,अस्ट्रेलिया,युके,अमेरिका मा समेत प्रदर्सन् हुदै छ | भने मंसिर देखि अल नेपाल रिलिज हुदैछ |