काठमाडौं, ६ पाथिभरा च्यानल । गीतकार गीता पालुङ्वा लिम्बूको हानेइल्ले १ र २ को अपार सफलतापछि हाङ्नेइल्ले ३ को हङकङमा एक भब्य कार्यक्रम बिच विमोचन भएको छ |किरात याक्थुङ चुम्लुङ हङकङका सास्कृतिक सङ्योजक लोकराज आङ्बुहाङ र गीतकार पालुङवाकी ममतामयी आमा मनमाया आङ्बुहाङ र किराँत याक्थुङ चुम्लुङ अध्यक्ष असली वनेम र गीतकारले सङ्युक्त रुपमा बिमोचन गरेका थिए |
गीतकार गीता पालुङवाले लिम्बु भाषा संस्कृतिको संरक्षण उत्थान गर्ने उदेश्य लिएर गीत संगीत मार्फत प्रचारप्रसार गरिरहेकीछिन | जुन प्रसंसा गर्न लायकको छ |
हाङ्नेइल्ले ३ मा गायिकाहरु सेमिहाङ सिङगक र यासेली योङ्हाङ, सुमन कुरुभङ लिम्बू, सीता सिङक, मनु नेम्बाङ, श्रेयशी चेम्जोङ र माया गुरुङ रहेका छन् । संगीत मनु नेम्बाङ, अशोक लोहोरुङ राई र यासेली योङ्हाङको रहेको छ भने अभिनय गर्नेहरुमा गीता पालुङ्वा, प्रेम सुब्बा, यासेली योङ्हाङ लिम्बू, रुकमान लिम्बू रहेको छन् |
मनमाया आङ्बुहाङ लिम्बूको प्रस्तुति रहेको यस एल्बमको म्युजिक भिडियोलाई छायाङकनमा अर्जुन तिवारी, सम्पादनमा निसान घिमिरे, श्रृङ्गारमा बिमला तामाङ र निर्देसनमा लोकेन साम्बा लिम्बूको रहेका छ |
साम्याङफुङ साँझको शुभ अवसरमा विमोचन गरिएको कार्यक्रमलाई मौसम इम्बुङ (फुलेन्देको बाबा)ले सन्चालन गरेका थिए ।