चलचित्र केःसाङ्लाको हङकङमा भब्य प्रिमियर शो हुदै

हालका व्यस्त अनि सफल म्युजिक भिडियो निर्देशक लोकेन साँवा दारा निर्देशित लिम्बू सांस्कृतिक चलचित्र केःसाङ्ला हङकङमा प्रिमियर शो हुने भएकाे छ ।
हाल पोष्ट प्रोडक्सनको अन्तिम तयारीमा रहेको चलचित्रको प्रदर्शन मिति केही दिनमै सार्वजानिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

लिम्बू जातिको मुख्य बाजा केः (च्याब्रुङ) बजाउँदा चाहिने सामाग्रीको कथामा यस चलचित्र बनेको हो । लिम्बू जातिको शुभविवाह र घर सर्दालगायतको शुभकार्यमा च्याब्रुङ बजाइने गरिन्छ ।
ताप्लेजुङको नाल्बो, फङ्फङ्गे झरना, सुकेटार आसपासमा र इलामको कन्याममा चलचित्रलाई छायांकन गरिएको छ ।


चोकफुङ इन्टरटेन्मेन्टको ब्यानरमा भीम तुम्बाहाम्फेको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई लोकेन साँवाले कथा÷निर्देशन गरेका हुन् ।
चलचित्रमा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङवा योङहाङ, मेनुका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्कबहादुर लुम्फङ्वा (कुमार), चन्द्रकुमार लेक्वा, महिमा लिम्बू आदिको अभिनय रहेको छ ।
देवेन्द्र खापुङ सुर्केलीको पटकथा, अशोक लोहरुङ राईको पाश्र्व संगीत, यासेली योङहाङ र लोकेन साँवा लिम्बूको गीत रहेको चलचित्रमा मनु नेम्बाङ, श्रेयसी चेम्जोङ, असली वनेम, भीम तुम्बाहाम्फे, थोक्फेला लिङ्देनको स्वर रहेको छ । दिनेश माङ्मुको सहायक निर्देशन र कोरियोग्राफी रहेको चलचित्रमा भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, विपिन मल्लको सम्पादन र कलर रेनेश फागोको रहेको छ ।
पहिरन तथा भेषभूषामा द हाइल्याण्ड आर्ट र सिक्वेन्स फेसन हाउसले गरेका छन् । सोम मगरातीको श्रृङ्गार, मुख्य निर्माण नियन्त्रणमा गंगा तुम्बाहाम्फे, सहायकमा निर्मल सुब्बा छन् । चलचित्रको लोगो सुवास खजुम लिम्बूले डिजाइन गरेका हुन् ।

केःसाङलामा फिपरानी तुम्बाहाम्फे पङ्धाक, सन्जय तुम्बाहाम्फे र विष्णु पङ्धाक लिम्बू निर्माता रहेका छन् ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार