कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘अमेरिकन बाबु मेड इन नेपाल’ को न्यूयोर्कमा ग्रान्ड प्रिमियर ,यसरी आइन् नन्दिता

२७ भदौ, काठमाडौं ।
बिदेशमा बस्ने नेपालीहरूको कथामा आधारित नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” न्यूयोर्क बाट शुभारम्भ भएको छ । न्युयोर्कमा नेपाली चलचित्रको पहिलो पटक रेड कार्पेट प्रिमियर सहित दुइ शो हाउसफुल भयो जुन रेकर्डब्रेक सफलता रहेको न्युयोर्क बासी नेपालि हरुको भनाइ छ्र
कलाकार तथा प्राविधिक हरु कार्यक्रम मा आउनको लागि विशेष प्रकारको ठुलो लिमो कार को व्यवस्था गरिएको उक्त प्रिमियर शो मा निर्देशक इश्वर थापाले रेडकार्पेट मा दर्शक तथा आगन्तुक पाहुनालाइ स्वागत गरेका थिए । प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे । चलचित्र अमेरिकामा बस्ने नेपालीहरूले भोगेका बास्तबिक गतिबिधिहरूलाई कथामा समेटेर बनाईएको छ । अमेरिका लगायत बिदेशमा बस्ने नेपालीहरूको बास्तबिकतामा आधारित भएकोले न्यूयोर्कमा भएको पहिलो प्रिमियर शो मा दर्शकहरूले चलचित्र प्रति सन्तुष्ट भै उत्कृष्ठ भएको प्रतिकृया दिएका छन् । यस चलचित्रमा प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूको अभिनय रहेको छ । सेप्टेम्बर ९ तारिख आईतबार एक समारोह पश्चात आयोजना गरिएको प्रिमियर शो मा न्यूयार्कमा बस्ने नेपालीहरुको खचाखच उपस्थिति रहेको थियो ।

चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा,प्रियंका एर पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् । क्यानाडा वासी इश्वर थापा ले सम्पादन तथा निर्देशन गरेका छन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । चलचित्रका गीतमा ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको छ । त्यसैगरी जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरूंग, सविता स्रेष्ठ र मिलन अमात्यको स्वर रहेकोछ । डाईरेक्टर अफ सिनेमाटोग्राफिमा शम्भु मोक्तान रहेका छन् ।
यो “अमेरिकन बाबु मेड इन नेपाल ” चलचित्र तिन महिना पछि नेपालमा प्रदर्शन गरिने बताइएको छ । यसका साथसाथै ड्रिम्सगेटले निकट भबिष्यमा ईश्वर थापाकै निर्देशनमा अर्को चलचित्र “बुलेटप्रुफ शेर्पा” नामक चलचित्र छिट्टै निर्माण गर्ने घोषणा समेत गरेका छन् । बिदेसमा बसेर पनि नेपाली फिल्मी क्षेत्रको बिकाशमा नेपालीहरु लागिपरीरहेका छन् । बिदेशमा बनेका नेपाली चलचित्रलाई नेपाल सरकारले पनि बिशेष ध्यान दिई प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार