दर्शनाको गायन मोह , ल्याइन यस्तो म्यासअप गीत (भिडियो सहित)

७ कार्तिक , काठमाण्डौ ।
१५ बर्षको उमेर सम्म आइ पुग्दा ५ दर्जन गीत मा आवाज दिइसकेकि गायीका दर्शना महर्जनले फरक स्वादको म्यासअप गीत सार्वजनिक गरेकि छिन् । अंग्रेजी , हिन्दी र नेपाली हिट गीतहरु मिक्स गरी तयार गरिएको मसप गीतको भिडियो पनि निर्माण गरेर आफ्नै यूटुव च्यानल बाट सार्वजनीन गरेकि छिन् । ज्ञानेन्द्र शर्माको छायांकन एवं निशान घिमिरेको निर्देशन रहेको यो भिडियोलाइ सुरेन्द्र बसेलले कोरियोग्राफि गरेका छन् । यस्तै ७ वटा गीतलाइ एउटै गीतमा म्यासअप बनाउन डिजेएलएक्स पौडेलले सहयोग गरेका छन् ।

मिठो श्वरकि धनि दर्शना भिडियोमा पनि आफै प्रस्तुत भएकि छिन् । सानै देखि बाल गीत गाउदै आएकि दर्शनाले आफ्नो सोलो एल्वम आमा नेपाल पनि सार्वजनिक गरिसकेकि छिन् । राष्ट्रकबि माधब प्रसाद घिमिरेको एल्वम मै मिरिमिचे मा समेत ४ वटा गीत मा आवाज दिएकि थिइन् ।
आफूलाइ मन पर्ने गीतहरु लाइ म्यासअप गीतमा समेटेको दर्शना बताउछिन् । आफ्ना पिता नरेन्द्र महर्जनको प्रेरणाले गीत गायनमा आएकि दर्शनालाइ उनका बुबाले गायनमा सपोर्ट गरेका छन् । ‘छोरीको रुचि र चाहना बुझेर उनको गायनलाइ अगाडि ल्याउन चाहन्छु’ महर्जन भन्छन् ।
हेरौ दर्शनाको यो म्यासअप गीतको भिडियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार