बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापा जोडिएपछि मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सांसद

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नायिका रेखा थापालाई संलग्न गराएका भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।

प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए। अभियान प्रदेशको हो कि मुख्यमन्त्री लालबाबु राउतको निजी अभियान हो? प्रश्न गर्दै चौधरीले भने। उनले अभियानमा मधेसमुलकी नायिकालाई सहभागी गराउन सरकारसँग आग्रह गरे।

बैठकमा काग्रेश सांसद नरेश यादवले पनि मधेसकै कलाकारहरुलाई सामेल गर्न आग्रह गरे। कांग्रेसकी सांसद सरस्वती चौधरीले समेत नायिका थापालाई अभियानमा संलग्न गराउन नमिल्ने बताए।

बैठकमा राजपकी सांसद सुरिता साहले बेटी पढाउ बेटी बचाउ अभियानमा महिला संसदलाई समेत सामेल गराउन आग्रह गरे। नेकपाकी सांसद ज्वाला साहले भने प्रदेशमा उक्त अभियानको बजेटमा अनियमितता भइरहेको भन्दै सरकारलाई सचेत गराए।

नेमपाका सांसद डिल्ली उप्रेतीले उखुको मूल्य तत्काल तोकेर चिनी उद्योग सञ्चालन गराउन प्रदेश सरकारसँग आग्रह गरे। गत वर्षको उखुको भुक्तानी नपाएर समस्यामा रहेका किसानको खेतमा नया उखु काटने बेला भएकोले उद्योग सञ्चालनका लागि पहल गर्न सरकारसँग माग गरे। प्रदेशसभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले निर्वाचन क्षेत्रको समस्या राखेका छन्।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार