कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिएको छ।

विवेकशील साझा पार्टीको अगुवाइमा ‘न्यायको खोजीमा निर्मलाहरू’ ब्यानरमा बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन गृहमन्त्री र प्रहरी प्रशासन असफल भएको दाबी गरेका थिए ।

उनीहरूले आपराधिक कार्यको छानबिन गर्न असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धानसम्बन्धी विशेष तालिम दिन माग गरे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार