नयाँ बर्षमा कालिप्रसाद बास्कोटाले टेक्सासका नेपाली नचाउने


काठमाण्डौ ।
नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् ।


नेपालीहरुको बाक्लो बसोबास भएको टेक्सास मा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना हिट गीत गाउने छन् । डिएण्डडि मुभिजको आयोजनामा आयोजना हुन लागेको यो बृहत कन्सर्टलाइ कलाकार सुबास थापाले संयोजन गरेका हुन् । उक्त कार्यक्रममा न्यूयोर्कमा आफ्नो लोकप्रियता कमाएका डिजे सुर्यले पनि उक्त माहोल तताउने छन् । साथै स्थानिय कलाकारको बेजोड प्रस्तुति पनि उक्त कार्यक्रममा रहने छ ।
नयाँ बर्षको अवसरमा गायक कालिप्रसाद बाँसकोटा सुबि इन्टरटेन्मेन्ट को निम्तोमा अमेरीका पुगिसकेका छन् । यता अष्टिनको कार्यक्रमको लागी भने डिएण्डडि मुभिजले सुबि इन्टरटेन्मेन्ट संग सन्झौता गरिसकेका छन् ।
जनवरी ५ साँझ ६ बजे बाट टेक्सास
The Bungalows Hotel And Event Center 1000 s bell blvd , cedar park , Tx 78613  को ठाउमा यो कार्यक्रम आयोजना हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार