कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सिक्किममा आशा हाङ आङबो मनु नेम्बाङ र सुनिता थेगिमको सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन

पाथिभरा च्यानल – सिक्किम दारामदेनमा लाम्दाक सेवारो सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन भएको छ |
बहुप्रतिभाशाली गायक आशा हाङ आङबोले आफ्नो पहिलो लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारोमा समाबेश गीतहरु गाएर उपस्थित दर्शकहरु लाई
मनोरञ्जन दिनुभएको थियो | कार्यक्रममा स्वागत गीत सामुहिक सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो |

गायक आशा हाङ आङबो लाई नेपाल
बाट जानुभएको चर्चित गायिकाहरु मनु नेम्बाङ र सुनिता थेगिमले साथ दिएका थिए | गायिका सुनिता थेगिमको गीत सुनेर सबै जना रमाइलो मानेर
नाचेका थिए भने गायिका मनु नेम्बाङको गीत सुनेर धेरैले आँशु झारेका थिए |

गायिका मनु नेम्बाङ गायक आशा हाङ आङबोको र सुनिता थेगिमको कार्यक्रम प्रस्तुतिमा तालमेल सारै मिलेको थियो |


गायक आशा हाङ आङबोको प्रस्तुति अब्बल रहेको थियो | कार्यक्रममा गायक आशा हाङ आङबोको पहिलो लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारोको
सामुहिक रुपमा बिमोचन भएको थियो | लाम्दाक सेवारो सांगीतिक कार्यक्रमको सफलताले आफुलाई उत्साहित बनाएको र आफ्नो सांगीतिक कार्यक्रममा
अपार दर्शक तथा अतिथिहरुको उपस्थितिले आफुलाई प्रेरणा मिलेको कुरा पाथिभरा च्यानल लाई गायक आशा हाङ आङबोले बताउनु भयो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार