घर भत्काउन लाग्दा पोखरामा तनाव, स्थानीय, प्रहरी र जनप्रतिनिधबीच भिडन्त

पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा
व्यवसायी युवराज खतिवडाको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर
बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा
नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रबक्ता
समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु
भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए ।
महानगरको डोजर साथै महानगर प्रहरी घर भत्काउन जाँदा स्थानीयहरुको चर्को
अबरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय
कास्कीबाट उल्लेखनीय संख्यामा प्रहरी परिचान गरिएको थियो । वडा सदस्य
अन्जु केसीसंगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको
स्थानीयहरुको आरोप थियो । यद्यपी वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार यो
कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी
भत्काईने स्पष्ट पारे । स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन तथा हात
हालाहालको अवस्था समेत सृजना भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार