
पाथिभरा च्यानल – हाल चर्चामा रहेकि लाखौ श्रोता दर्शकहरुको ढुकढुकी बन्न सफल गायिका सुनिता थेगिम र सिक्किमका बहुप्रतिभाशाली गायक आशा हाङ आङबोको स्वर रहेको
लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ”नेस्से पेल्लेङ ” बोलको गीतको म्युजिक भिडियो हालै पाथिभरा युटुब
च्यानल मार्फत सार्वजनिक भएको छ | प्रेमी प्रेमिका बिचको चोखो माया प्रिती साथै प्रेमिकाको रुपरंगको बयान गीतको
माध्यम बाट प्रस्तुत गरिएको छ | गायिका सुनिता थेगिम र गायक आशा हाङ आङबोको युगल स्वरको तालमेल सारै मिलेको छ | भने गीतको एरेन्ज र
संगीत पनि अब्बल रहेको छ | यस गीतको शब्द संगीत आशा हाङ आङबो कै रहेको छ भने एरेन्ज अशोक लोहरुङ राइले गरेको हुन् |
| पाथिभरा च्यानलको पोस्ट प्रोडक्सन रहेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन राजेन्द्र कुमार श्रेष्ठ ले गरेका हुन् |

सिक्किमका गायक आशा हाङ आङबो लाइ बहुप्रतिभाशाली व्यक्ति को रुपमा चिनिन्छ | उहाँ नृत्य अभिनय र गायनमा पोख्त हुनुहुन्छ | हरपल
सृजनामा लागिरहनुहुने आशा हाङ आङबोको सिक्किममा आफ्नै पहिचान र परिचय छ | करिब छ बर्ष संगीतको औपचारिक शिक्षा लिनुभएको गायक
आशा हाङ आङबो हाल सम्म धेरै स्टेज प्रोगामहरुमा आफ्नो गायन र अभिनयको प्रस्तुति
बाट लाखौ दर्शकहरु बाट प्रसंसा पाइसकेको छन् | लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारो गीति एल्बममा समेटिएको ”नेस्से पेल्लेङ ”
बोलको लिम्बु भाषाको गीत श्रोता तथा दर्शकहरुले मनपराउनु भएको कारण दिन प्रतिदिन लोकप्रिय हुदै छ |
भिडियो हेर्नुहोस ,,,



