लुक्ला विमान दुर्घटनामा मृतककाे संख्या ४ पुग्याे

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । दुर्घटनामा घाईते असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । श्रेष्ठको काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । मृतक एक जनाको नाम भने खुलेको छैन । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिएका छन । प्रजिअ रानाका अनुसार आइतबार बिहान ९ बजे समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको जनाईएको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार