
पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्लाको नेतृत्वको सूची यस्तो छ, कसले कहाँ पाए अध्यक्ष ? (सूचीसहित)
मिडिया एनपीप्रकाशित मिति: सोमबार, बैशाख ०९, २०७६१२:१४
काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो ।
माओवादीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेबाट सचिव रहने र एमालेबाट अध्यक्ष भएको ठाउँमा माओवादीको सचिव हुने गरी सहमति गरिएको छ ।
७७ जिल्लामध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।
प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ ।
माओवादीले पाएका ३३ जिल्ला अध्यक्ष
प्रदेश १
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा : मोहनकुमार खड्का
प्रदेश २
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
प्रदेश ३
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
गण्डकी प्रदेश
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
प्रदेश ५
बांके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
कर्णाली प्रदेश
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा
सुदूरपश्चिम प्रदेश
दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
बझाङ : कलकबहादुर खड्का



