सुकेधारा विष्फोटमा दुईको मृत्यु,

काठमाडौं, १२ जेठ । सुकेधारामा भएको बिष्फोटमा दुई जनाको मृत्यु भएको छ । घटना लगतै प्रहरीले घटनास्थलमा घेरा हालेको छ । सुकेधाराबाट कपन जाने ढलाने पुल नजिकै बिष्फोट भएको हो ।

सुकेधाराको ढलाने पुल नजिकै एक शैलुन छेउमा सिलिण्डर पड्कदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नाजुक अवस्थामा रहेका एक घाइतेको उपचारका क्रममा अस्पताल लैजादै गर्दा निधन भएको हो ।

घाइते पाँच जनाको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका घाइतेको त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था नाजुक छ ।

विष्फोटमा निधन भएका एकको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । दोस्रो शव भने प्रहरीकै नियन्त्रण रहेको छ ।

प्रहरीले पड्किएको बस्तु बम हो या सिलिण्डर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र, सिआइबी र प्रहरीको टोली परिचालन गरिएको छ । घटनास्थलमा सर्वसाधरण र सञ्चारकर्मी समेतलाई छिर्न रोकिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार