कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाजसेवी रामकुमार लिङदेन विभूषित

समाजसेवी रामकुमार लिङ्देन सम्माननिय राष्ट्रपति ज्यूबाट यस वर्ष २०७६ असोज ३ गते संविधान दिवसको दिन मानपदवी तथा पदकद्वारा विभूषित हुनुभएको छ । पाँचथर अमरपुरमा जन्म भइ हाल स्थाइ रुपमा काठमाडौं, धुम्बाराहीमा बस्नुहुने समाजसेवी रामकुमार पेशाले ब्रिटिस आर्मी हुन् । सार्जन्टसम्मको रेंक प्राप्त गरि रिटायर हुनुभएका रामकुमार रोजगारिको लागि पुनः ब्रुनाई गएका थिए । हुने दिनमा चन्द्रमा दाइना भने जस्तै उनले ब्रुनाईको कान्छा सरकारको सेक्रेटरी भएर काम गर्ने अवर पाए । यहि अवसरमा उनले अर्को अवसर पनि जुराएका थिए ।

त्यो अवसर भनेको उनले लगभग चार सय जति नेपालीलाई ब्रुनाईमा रोजगारी दिलाएका थिए । कान्छा सरकारलाई दिनरात अनुरोध गरेर त्यतिका नेपालीहरुलाई ब्रुनाइमा रोजगार पाउने अवसर जुटाउनु चानचुने कुरा थिएन । सामाजिक भावना भएका रामकुमार भन्छन् आफुलाई जस्तै अरुलाई दुख परेको होला भन्ने सोचेर नै मैले त्यो पहल गरेको थिएँ र पार पनि लगाएँ । त्यसका अलावा रामकुमारले नेपाली समाजका लागि निरन्तर योगदान पु¥याउदै आए । बिदेश हुदा वा स्वदेश आइसके पछिको पछिल्लो समयमा होस् उनको समाजसेवी हातहरु फैलिरहेकाछन् । समाज प्रतिको उत्तरदायीत्व, कार्यकुसलता सहितको निरन्तरताले गर्दा नै राज्यबाट विभूषित भएकोछु जस्तो लाग्छ रामकुमार हर्षित हुदै भन्छन् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार