कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जेलभित्रै आन्दोलन : चौकीदारलाई थुने महिला बन्दीले

नेपालगन्ज : बाँके कारागारका महिला बन्दीले आन्दोलन सुरु गरेका छन् । राम्रो खाना नदिएको भन्दै उनीहरुले चौकीदारलाई महिला बन्दी गृहमै थुनेर राखेका छन् । चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् ।

निमित्त जेलर दीपेन्द्र पौडेलले चौकीदारसँग भेट गर्न नदिँदा के भएको हो भन्ने थाहा हुन नसकेको बताए । पौडेलले शुक्रबार नै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई महिला बन्दीको आन्दोलनका विषयमा जानकारी गराएका थिए ।

गत १४ कार्तिकमा पुरुष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरुवा गरेका थिए । मंसिरको दोस्रो साता यता बाँके कारागार जेलरविहीन भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताए । ‘जेलर नभएर कारागारमा समस्या भएको हो ।

जुम्लामा सिडियो नभएर उहाँ रोकिनु भएको हो ।आइतबार, सोमबारसम्म आइपुग्नु हुन्छ,’उनले भने, ‘चौकीदारले राम्रो खाना दिएन भनेका रहेछन् । नियम विपरित चौकीदार राखिएको छ भने अर्को व्यवस्था हुन्छ भनेर पठाएको छु।’

अर्नपूर्ण पोस्ट बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार