नेकपा केन्द्रीय समिति बैठक धकेलिएपछि असन्तुष्टि बढ्यो

File Photo

काठमाडौं, २० पौष । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति बैठकको मिति धकेलिएको छ । २३ पौषका लागि बोलाइएको बैठक तीन हप्ता पछाडि धकेलिएको हो ।

आइतबार बसेको नेकपा सचिवालयले बैठक १५ माघका लागि सारेको हो । राष्ट्रियसभा चुनाव, सभामुख चयनलगायतमा नेताहरु व्यस्त हुनुपरेका कारण बैठक सारिएको बुझिएको छ ।

बैठक सरेपछि सचिवालय हुँदै स्थायी कमिटिमा पुगेका कतिपय विषय थाती रहेका छन् । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव टुंगोमा पुग्न अझै समय लाग्ने भएको छ ।

एक वर्षपछि बोलाइएको बैठक तीन हप्ता पछाडि धकेलिएपछि बैठकमा अन्यौल थपिएको छ । केन्द्रीय सदस्यहरु निराश भएका छन् । बैठकमा सहभागी हुन काठमाडौं उपत्यका बाहिर रहेका नेताहरु आइसकेका थिए ।

नेकपामा कमिटिहरुको एकीकरण अझै टुंगिएको छैन । नेताहरु कसैलाई दोहोरो तेहेरो जिम्मेवारी दिइएको र कसैलाई कुनै जिम्मेवारी नदिइएको भन्दै असन्तुष्ट छन् । यसले नेकपाभित्र विवाद निकै चुलिएको छ |

रिपोटस नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार