झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत

कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्।

बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्

बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए।

Gokulkul

‘म माथि झुठा आरोप लगाइयो, नैतिकताको प्रश्न पनि उठाइएपछि अदालत गएको हुँ’, बाँस्कोटाले नेपालखबरसँग भने, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालि बेइज्जती विरूद्ध मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको सबैमा जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेकपाको बागमती प्रदेशसभाको प्रशिक्षण कार्यक्रममा ‘बाँस्कोटाले कमिसन मागेको कुनै प्रमाण नभएको’ भन्दै बचाउ गरेको भोलिपल्ट नै बाँस्कोटा अदालत पुगेका हुन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार