धरानमा साथी-साथीविच भएको छुरा प्रहारबाट दुई घाईते, एक जनाको अवस्था गम्भिर

धरान : धरानमा मंगलबार होली पर्व शान्तिपुर्ण तरिकाले सम्पन्न भएको धरान प्रहरीले दावी गर्दैगर्दा धरानमा साथी-साथी विच छुरा हानाहान भएको छ ।

धरान १२ को पव्लिक हाईस्कुलको मैदानमा साथी-साथी विच विवाद हुदा धरान-१ सिंहदेवी बस्ने १८ बर्षिय प्रकास तामाङले आफ्नै साथी धरान-४ का १८ बर्षिय अनन्त राई र धरान-१५ बस्ने १९ बर्षिय पेम्बा लामालाई छुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
घाईते दवैको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आस्मीक कक्षमा उपचार भईरहेको छ । घाईते मध्ये अनन्त राईको बाया कोखामा छुराले चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रतिष्ठानले जनाएको छ । अर्का घाईते पेम्बा लामाको हातमा छुरा लागेको छ । उनको अवस्था सामान्य रहेको बताईएको छ ।

छुरा प्रहार गर्ने प्रकाश तामाङ फरार भएका थिए । उनलाई प्रहरीले विजयपुर हस्पिटल नजिकै रहेको तेह्रथुमे लजमा लुकेर बसेको अवस्थामा मंगलबार साझ साढे ८ बजे प्रहरीले पक्राउ गरेको डिएसपी न्यौपानेले जानकारी दिएका छन् ।

स्मरण रहोस गत बर्ष पनि होलीकै समयमा छुरा हानहान हुदा धरान ८ स्थित सिदार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङको मृत्यू भएको थियो । प्रहरीले यसपटक ठाउ ठाउमा प्रहरी परिचालन गरेर होलीमा शान्ति कायम गर्ने बताईरहदा यो छुरा प्रहारको घटना घटेको हो ।

कपुरी न्युज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार