कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)

एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ । मृतक संख्या ३२ हजार पुग्दैछ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६ लाख ८० हजार ६ सय ९६ पुगेको छ । मृतकको संख्या ३१ हजार ९ सय १८ पुगेको छ । १ लाख ४६ हजार ३ सय ९६ लाई निको भएको छ ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ ।

देश         संक्रमित
अमेरिका १२३७८१
इटाली ९२४७२
चीन ८१४३९
स्पेन ७८७९७
जर्मनी ५८२४७
इरान ३८३०९
फ्रान्स ३७५७५
बेलायत १७०८९
स्वीटजरल्यान्ड १४३५२
नेदरल्यान्ड १०८६६
बेल्जियम १०८३६
स्रोतः वोल्डोमिटर


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार