टेकुमा उपचाररत कोरोना संक्रमित २ जनाको दोस्रोपटक परीक्षण गरिएको रिपोर्ट पनि पोजेटिभ

२० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेका दुईजना कोरोना भाइरस संक्रमितको दोस्रो पटक गरिएको परीक्षणकाे रिपोर्ट पनि पोजेटिभ आएको छ ।

नेपालमा दोस्रो र तेस्रोपटक कोरोना संक्रमितकाे रूपमा भेटिएका उनीहरुकाे एक हप्ताकाे उपचार पश्चात गरिएको दाेस्राेपटककाे परीक्षणमा पुन: कोरोना भाइरस पोजेटिभ नै रहेकाे पुष्टि भएकाे हो । मंगलबार उनीहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

अस्पतालले उनीहरुको रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने बताएको थियो । तर अब उनीहरुको डिस्चार्ज समय लम्बिएको छ । अस्पताल स्रोतका अनुसार अब दुई दिनपछि पुन: उनीहरुको स्वास्थ्य परीक्षण हुनेछ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवती र चैत १० गते चार दिनअघि नै यूएईबाट नेपाल आएका ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण भएको परीक्षणका क्रममा पुष्टि भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार