कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कोरोनाबाट २४ घण्टामै विश्वका सात हजार ९५९ को मृत्यु, ८४ हजार बढी नयाँ संक्रमित थपिए

काठमाडौं, ४ बैसाख । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजार नाघेको छ

गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरका झण्डै आठ हजार मानिसले ज्यान गुमाएका छन् । वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्याङ्कअनुसार २४ घण्टामा सात हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट विश्वका एक लाख ३४ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ । पाँच लाख १० हजार भने उपचारपछि निको भई घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट साढे २८ हजारको ज्यान गइसकेको छ । संक्रमित हुनेको संख्या पनि साढे ६ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको हो ।

अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख नाघेको छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ६५ हजार नाघेको छ ।

बेलायतमा १२ हजार ८ सयभन्दा बढीको मृत्यु हुँदा ९८ हजार बढी संक्रमित भएका छन् । स्पेनमा १८ हजार ८ सय जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ । फ्रान्समा १७ हजार १ सयको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैगरी इरानमा चार हजार ७७७, बेल्जियममा चार हजार ४४०, जर्मनीमा तीन हजार ८०४, चीनमा तीन हजार ३४२, नेदरल्याड्समा तीन हजार १३४, ब्राजिलमा एक हजार ७५७, स्वीट्जरल्याण्ड एक हजार २३९, स्वीडेनमा एक हजार २०२ जनाको मृत्यु भएको छ । भारतमा ४२२ को मृत्यु भएको छ भने १२ हजार तीन सयभन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकामा लकडाउन चाँडै खुल्ने, महामारीको उच्च तह पार गरेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन् ।

महामारीको उच्च तह पार गरिसकेका केही राज्य यहि अप्रिल महिनाबाटै खुला हुने उनले बताएका छन् । कोरोनाका कारण सबैजसो अमेरिकी राज्य लकडाउनमा छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गरिने जानकारी दिँदै ट्रम्पले भने, ‘हामी चाँडै फर्किदै छौं, हामी सबै । हामी हाम्रो देशलाई फेरि सामान्य अवस्थामा ल्याउँछौं ।’

ट्रम्पले थपे, ‘तथ्याङ्कहरुले यो बताइरहेको छ कि हामीले देशभर नै महामारीको उच्च तह पार गरिसक्यौं । नयाँ संक्रमणको उच्च तहबाट हामी गुज्रिसकेका छौँ । आशा छ यो क्रम जारी रहने छ र हामीले महामारीविरुद्ध राम्रो प्रगति जारी राख्ने छौँ ।’ यसअघि ट्रम्पले आउँदो मे १ सम्ममा लकडाउन अन्त्य गर्न सकिने अनुमान सुनाएका थिए ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार