प्रचण्डसँग भेटेपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार, अब के हुन्छ ?

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका छन् । पार्टी शीर्ष तहबाट नै दबाब सिर्जना भएपछि ओली अध्यादेश फिर्ता लिने तयारीमा पुगेको नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । अध्यादेश फिर्ता लिनुपर्छ भनेर आफूहरुले सुरुदेखिनै प्रधानमन्त्री ओलीको कदमको विरोध गरेको सुनाउँदै खनालले प्रधानमन्त्री ओली ब्याक हुनुको विकल्प नभएको पनि जिकिर गरे ।

आज विहानमात्रै प्रधानमन्त्री ओलीसँग पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले भेट गरेका हुन् । नेताद्धयसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनेबारे आफू सकारात्मक भएको बताएका थिए । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएपछि प्रधानमन्त्री ओलीको अध्यादेश ल्याउनुको औचित्य नभएकोले उनी ब्याक भएको पनि चर्चा चल्न थालेको छ । राजपा र समाजवादी पार्टीबीच हिजो मध्यरातमा एकता घोषणा भएको थियो । उनीहरुले जनता समाजवादी पार्टी, नेपाल नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न निवदेनसमेत दिईसकेका छन् । आयोगमा दल दर्ताको १३८८ नम्बर निवेदन दर्ता भैसकेको छ ।

अब अध्यादेश फिर्ताको लागि सरकारले नै राष्ट्रपतिसमक्ष सिफारिश पठाउनुपर्ने हुन्छ । संविधानको धारा ११४ को उपधारा २ को  ‘ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थालाई समातेर अध्यादेश फिर्ता गरिने बुझिएको छ । FILE PHOTO

रीपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent