
पाथिभरा च्यानल -बिभिन्न सामाजिक कार्यमा सक्रीय सस्था वल्क नेपाल (WALK नेपाल) ले कोरोना भाईरस COVID 19 ले विश्व ब्यापी रूपमा प्रत्यक्ष रूपमा असर गरि रहेको घडीमा देशमा रहेकोे मिर्गौला पीडितहरुलाई मध्यनजर गर्दै एउटा उदाहरणीय काम गरेको छ् |
श्री मृगौला पीडित सरोकार समाज नेपालको सहकार्यमा वल्क नेपाल (WALK NEPAL) आयोजनामा २५ जना मृगौला पीडित परिवारलाई १ एक बोराको दरले राहत वितरण गरेको छ सस्थाका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ उपाध्यक्ष एकलब्य राई र सस्थाका कोष अध्यक्ष मनेश आङबो उपस्थितिमा मध्यान्ह १२ बजे कार्यक्रम भत्तपुरको सल्ला घारिमा भएको थियो उत्त कार्यक्रममा पचिसै जना मृगौला पीडित परिवार सामिल थिए
आपत बिपत्तिको घडीमा फेरि पनि यस्तो राहत बितरन गर्ने प्रतिबद्धता अध्यक्ष खड्ग श्रेष्ठले गर्नु भयो |
बिभिन्न सामाजिक कार्यमा सक्रीय सस्था वल्क नेपाल ले बिशेष सहयोग पुर्याएकोमा सन्ध्या बचत तथा ऋणसहकारी सस्था र गेट वे बचत तथा ऋणसहकारी सस्थालाई विशेष धन्यवाद पनी प्रदान गरेको छ् |



