आज थपिएका ३१५ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका एक, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका एक, इलामका १७ र सिरहाका पाँच जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक, इलामका पाँच, उदयपुरका एक र मोरङका दुई, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका सात जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नारायणी अस्पताल वीरगञ्जमा बाराका एक, पर्साका ६२ र रौतहटका एक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका नौं, कञ्चनपुरका आठ र काठमाडौंका दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

No description available.

यस्तै पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका एक र रामेछापका दुई जना छन् ।

नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एक, स्टार अस्पताल सानेपामा पर्साका तीन, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका दुई, भक्तपुर र पर्साका एक–एक जनामा कोरोना संक्रमण फेला परेको छ ।

प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका एक१, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका दुई, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका एक, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका एक जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म पिसिआर परीक्षण गर्नेको संख्या ३ लाख ८२ हजार ४९० पुगेको छ ।
कुल संक्रमितमध्ये हाल ५ हजार ३३८ जना संक्रमित संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मुलुकभर हाल ११ हजार ५३३ जनालाई मन्त्रालयले क्वारेन्टाइनमा राखेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार