च्याम्पियन्स लिग : मेस्सी र सुआरेजको गोलसँगै बार्सिलोना क्वार्टर फाइनलमा

काठमाडौं, २५ साउन । लियोनल मेस्सी र लुइस सुआरेज प्रेरित बार्सिलोनाले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टर फाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखको सामना गर्नेछ ।

शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनालाई क्लेमेन्ट लेन्गलेटले १० औं मिनेटमा हेडर गोलमार्फत अग्रता दिलाएका थिए । २३ औं मिनेटमा मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर पारे ।

पहिलो हाफको ईन्जुरी समयमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाका लागि तेस्रो गोल गरे । इन्जुरी समयमै लोरेन्जो ईन्साईनले पनि पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई ३–१ को अवस्थामा पुर्‍याएका थिए । एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार