मलेसियामा नेपाली युवकले छुरा हानेर गरे सिक्किमकी युवतीको हत्या

काठमाडौं, २७ कार्तिक । मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् ।

बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

हत्या गरिएकी युवती सिक्किमकी आइतमाया मगर भएको त्यहीं कार्यरत नेपालीले जानकारी दिएका छन् । दर्शन नमस्ते होटल नेपाली व्यवसायीकै हो । मलेसियन प्रहरीले घटनाको मुचुल्का गरेर शव उठाइसकेको छ । घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई आज (बिहीबार) जानकारी गराइने भएको छ ।

हत्यामा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा रक्सी खाएर बसेको बताइएको छ । छुरा प्रहारपछि होटलका श्रमिकले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । सिक्किम घर भएकी मृतक मगरको नेपाली पासपोर्ट छ । प्रहरीले थप अगाडि बढाएको बताइएको छ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार