कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिसेक्पा तङनाम कार्यक्रम सम्पत्र

किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा आयोजना गरिएको यस वर्षको सिसेक्पा तङनाम २०२५ विशेष कार्यक्रम सम्पत्र भएको छ । गत आइतबार अमेरिकाको न्युयोर्क स्थित क्विन्स ब्रिड्ज पार्कमा सम्पत्र भएको उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतवास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरोण गुरुङ, किराँत याक्थुङ चुम्लुङ अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङबो कानुनि सल्लाहकार दुर्गा सुब्बा र मिल्ट्री अडभाइजर मिसनरी अफ नेपालका कर्णेल रोहित गुरुङ विशेष अतिथि रहेका थिए ।

त्यसै गरि चलचित्र निर्देशक किशोर सुब्बा, उद्यमी व्यावसायि तथा समाजसेवी केशवराम राई, पुर्व ए आइ जि अमर नेम्वाङ, नृत्य निर्देशक गोविन्द राई, नेपाली कलाकार संघ अमेरिकाको अध्यक्ष बसन्ती राइ लगायत विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको यस वर्षको सिसेक्पा तङनाम कार्यक्रममा किरात याक्थुङ चुम्लुङ नेपालको पुर्व उपाध्यक्ष लिला सिंगक प्रेम मेन्याङबो शिव लावुङको नेतृत्वमा धान नाच, के लाङ प्रस्तुती भएको थियो ।

कार्यक्रममा नेपाल लगायत अन्य स्टेटबाट आएका लिम्बु दाजुभाइ तथा दिदिबहिनिहरुलाई प्रमुख अतिथिबाट खादा ओढाइ सम्मान गरिएको थियो भने बिङ्गो, छेलो डोरि तान्ने लगायतका खेलहरु भएका थिए । कार्यक्रममा कलाकार नविना लिम्बु र सनाया थापाको बेजोडको नृत्य प्रस्तुति रहेको थियो ।

प्रमुख अतिथि दधिराम भण्डारीले लिम्बु जातिको सिसेक्पा तङनाम जस्तै अन्य जातिहरुको पनि विशेष पर्वहरु मनाउनु आवश्यक छ र यस्का लागि महावणिज्यदूतावासको तर्पmबाट आपूmले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । त्यस्तै कार्यक्रम सभापति तथा किरात याक्थु चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बुले अफ्नो कला सस्कार सस्कृति पर्व आदिको प्रबद्र्धन गर्दै भावि पुस्ताहरुलाई पुस्ता हस्तान्तरणका लागि सिसेक्पा तङनाम जस्तो विशेष पर्वहरुको विशेष कार्यक्रम आयोजना गर्न आयवश्यक रहेको बताए ।

लिम्बु तथा गैर लिम्बुहरुको बाक्लो उपस्थिति रहेको यस वर्षको सिसेक्पा तङनाम विशेष कार्यक्रम सस्थाका अध्यक्ष पुरन पयाङगु लिम्बुको सभापतित्वमा सम्पत्र भएको थियो ।


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार