कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अमेरिकाले आक्रमण गरेको इरानद्वारा पुष्टि

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ।

इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो।

कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार एजेन्सीसँग भनेका छन्, ‘फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण गरिएको छ।’

इस्फहानका उप-गभर्नर अकबर सालेहीले भने, ‘नातान्ज र इस्फहाननजिकै धेरै विस्फोट सुनिएका थिए, हामीले नातान्ज र इस्फहानका आणविक स्थलनजिकै आक्रमण देख्यौँ।’

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थल- फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरिएको जानकारी दिएका थिए।

यसैबीच इजरायलले पनि इरानविरद्धको आक्रमणमा अमेरिकाले पूरा सहयोग गरेको पुष्टि गरेको छ।

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार