थप १९ सय १३ जनामा कोरोना संक्रमण, २३ सय ४९ जना निको

काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार