नायिका काजल अग्रवालको रोमान्टिक हनिमुन (फोटो फिचर)

अभिनेत्री काजग अग्रवाल आफ्नो लामो समयदेखिका प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुई अहिले माल्दिभ्समा हनिमुन मनाइरहेका छन् ।

Mgid

पछिल्लो सामय काजलले इन्स्टाग्राममा निरन्तर हनिमूनका तस्बिर साझा गरेकी छिन् एक तस्बिरमा उनी समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् । काजलले ६ अक्टोबरमा आफ्ना प्रशंसकलाई विवाहको जानकारी दिएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘३० अक्टोबर २०२० मा गौतम किचलूसँग एक नीजी समारोहमा परिवारको उपस्थितीमा म विवाह गर्न लागेको खबर सुनाउँदा मलाई निकै खुसी लागिरहेको छ । हामी सँगै आफ्नो जीवनको सुरुवात गर्नका लागि निकै रामाञ्चित छौं ।

वर्षौंदेखि तपाईंहरुले ममाथि जुन प्रेम बर्साउनु भयो त्यसका लागि धन्यवाद र यो नयाँ यात्राको सुरुवातका लागि हामीलाई तपाईंको आशीर्वादको आवश्यकता छ । हिमालय दैनिक बाट
हेरौ उनका केही तस्बिर
  

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार