बालबालिकालाई पेट दुखेको र ग्याष्ट्रिकको औषधि दिँदा गल्ती, शरीरभरी उम्रियो कपाल

काठमाडौं। बालबालिकालाई औषधि दिने क्रममा गल्ती भएपछि ती बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको छ । स्पेनमा डाक्टरहरुले बालबालिकालाई पेट दुखाइ र ग्याष्ट्रिकको औषधि दिने क्रममा झुक्किएर अर्कै औषधि दिएपछि ती बालबालिकाको शरीरभरी कपाल उम्रिएको छ । कूल २० जना बालबालिका यो समस्याको शिकार भएको डेलीमेलको रिपोर्टमा जनाइएको छ ।

उत्तरी स्पेनको क्यान्टाब्रिया क्षेत्रको टोरेलाभेगा शहरमा २० बालबालिको शरीरमा अत्याधिक कपाल उम्रिएका छन् । स्थानीय प्रशासनले यहाँ गल्ती भएको स्वीकार गरेको छ । प्रशासनका अनुसार बालबालिकालाई पेट दुखाइ र ग्याष्ट्रिकका लागि प्रयोग गरिने औषधि ओमेप्राजोल दिइनुपर्ने थियो तर गल्तीवश उनीहरुलाई अर्कै औषधि मिनोजिडिल दिइयो । ओ औषधि कपाल झर्ने समस्या भएकाहरुमा पुनः कपाल उमार्नको लागि प्रयोग गरिन्छ । यो गल्तीका कारण अब ती बालबालिकाहरु हाइपरट्रिचोसिस नामको गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएका छन् । यो दुर्लभ रोग हुँदा शरीरमा जहाँ कहीँ पनि कपाल उम्रिन्छन् ।

अब यी बालबालिकाका अभिभावकले औषधि उत्पादन गर्ने कम्पनीविरुद्ध आपराधिक मुद्दा हालेका छन् । औषधि कम्पनीले मिनोजिडिल झोल औषधिको बोतलमा ओमेप्राजोलको लेबल लगाएर ग्रानाडा, क्यान्टाब्रिया र भ्यालेन्सिया क्षेत्रका फार्मेसीमा वितरण गरेको थियो । यो समस्याबाट ग्रसित बालबालिका एन्डालुसिया र भ्यालेन्सियन समुदायका हुन् । बालबालिकालाई यो औषधि एक वर्ष पहिले दिइएको थियो । प्रशासनले गल्ती स्वीकार गर्दै बालबालिकाको उपचार सुरु गरेको छ तर बालबालिकाका अभिभावकले मुआब्जा माग गरेका छन् । डिसी नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार