विमानभित्र महिला कर्मचारीबीच कुटाकुट…

सोच्नुहोस् त यदि हामी कुनै विमान भित्र बसेका छौ भने विमान भित्रनै कोही आपसमा कुटाकुट गर्छ भने हामी के गर्छौ होला । अमेरिकामा विमानका क्रु का दुई महिलामा आपसमा झगडा पर्दा विमानले बाटो नै बदल्न परेको छ ।

डेल्टा एयरलाइन्सको बोइंग ७५७-७०० मा भएको यस समयमा विमान लस एन्जलसबाट मिनेपोलिसको बाटोमा थियो । त्यो समयमा क्याप्टेनले अचानक एयर ट्राफिक कन्ट्रोलबाट विमानको साल्ट लेक सिटीतीर जाने अनुमति मागे ।
बिच बाटोमा पुगेको विमानभित्र कामलाई लिएर दुई महिला कर्मचारी बीचमा झगडा भएको हो । उनीहरुबीच हात हालाहाल भएपछि अर्का कर्मचारी छुटाउन गए र उनले पनि मुक्का खाए । यो कुरा क्याप्टेनलाई थाहा भयो र विमानलाई साल्ट लेक सिटीमा उतार्ने अनुमति मागे ।

आफ्नो खराब तीन कर्मचारीलाई क्याप्टेनले बाहिर बाटो देखाइदिएका थिए । घटनापछि एयरलाइन्सले सबै यात्रुहरुसमक्ष लिखित रुपमा माफि मागेको थियो । एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent