भारतमा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण, ३ सय बढीको मृत्यु

नयाँदिल्ली, १५ चैत । भारत पछिल्लो समय कोरोना भाइरसबाट सबैभन्दा बढी ग्रस्त बनेको देखिएको छ । भारतमा लगातार दोस्रो दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

बीबीसीहिन्दीका अनुसार गएको २४ घण्टामा भारतमा ६२ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाबाट त्यहाँ ३१२ को मृत्यु भएको जानकारी दिइएको छ ।

यसअघि हिजो मात्र भारतमा ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए । हाल कोरोनाको खतरा मध्यनजर गर्दै महाराष्ट्रमा राति कर्फ्यू जारी गरिएको छ भने दिल्लीमा मिनी लकडाउन लागू भएको छ । एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार