भारतमा चट्याङ लागेर २३ जनाको गयो ज्यान

नयाँदिल्ली, २५ जेठ । भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो ।

साथै धेरै व्यक्ति घाइते भएका छन् । सरकारी अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जनाको मृत्यु भएको हो ।

सत्तारुढ दलका नेता तथा सांसदहरु मृतकको घरमा पुगेर दुःख व्यक्त गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । नयाँ पेजबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार