पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिका फुटबल अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा पेरुमाथि ब्राजिलले ४(० को सानदार जित हात पारेको छ। यो जारी प्रतियोगितामा ब्राजिलको लगातार दोस्रो जित पनि हो।

ब्राजिलको लागि एलेक्स सान्ड्रो, नेमार, एभर्टन र रिचार्लीसनले एकरएक गोल गरे।

१२ औं मिनेटमा सान्ड्रोको गोलबाट ब्राजिलले अग्रता लिएको थियो। उक्त गोलसँगै पहिलो हाफमा १(०ले अघि रहेको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्यो।

६८औं मिनेटमा नेमारले ब्राजिलको अग्रता दोब्बर पारे। ८९औं मिनेटमा एभर्टन र इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४(० को जित दिलाए।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३(० गोल अन्तरले पराजित गरेको थियो। जितसँगै ब्राजिल समूह ‘ए’ मा ६ अंकसहित शीर्षस्थानमा छ। पेरु भने पुछारमा छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent