मलेसियामा लुटपाटमा संलग्न नौ नेपालीसहित ३१ जना विदेशी कामदार पक्राउ

मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् ।

मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित ३१ जना पक्राउ परेकोे त्यहाँको अध्यागमन विभागले जनाएको छ । मलेसियामा यही हप्ता आएको बाढीले त्यहाँको धेरै भूभाग डुबानमा परेको थियो । 

पक्राउ पर्नेमा १० जना इन्डोनेसियाली, ९ जना नेपाली, ७ जना बंगलादेशी र पाँच जना म्यानमारका कामदार छन् । उनीहरूलाई  मलेसियाको दण्डसंहिताको धारा ४५७ अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आपत्कालीन अवस्थामा चोरी तथा लुटपाटमा संलग्न विदेशी कामदारमाथि कडा कानुनी कारबाही हुने बताइएको छ । शिलापत्र बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार