प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्राहलय अवलोकन

टोकियो । पाँच दिने जापान भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । प्रचण्ड जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।

नेपाली जन प्रगतिशील मञ्च (जापान) को निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसहितका नेपालीले विमानस्थलमा स्वागत गरेका थिए । प्रचण्डले शनिबारै जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गरेका थिए ।
तस्बिरहरु : प्रचण्डको सचिवालय

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent