गैर आवसीय नेपाली संघको चुनावी मैदानमा स्याण्डी

याण्डी रेनर अर्थात सन्तोषी भण्डारी युरेपेली मुलुक अष्ट्रियावासी नेपालीहरुको
लागि परिचित नाम हो । लामो समयदेखि विदेशमा वसोवास गर्दै आएकी सन्तोषी
समाजसेवी तथा कलाकार हुन् । अष्ट्रियन नागरिक एन्ड्रिज रेनरसंग विवाह
बन्धनमा बाँधिएर उतै घरजम गरेकी स्याण्डी को गृह जिल्ला भने नेपालको धादिङ
हो । विदेशी नागरिक भएपनि नेपाली भाषा, कला र साहित्यमा सधैं उनी सक्रिय
छिन् । अन्र्तराष्ट्रिय कलाकार मंच (ईनास) की अष्ट्रियाकी अध्यक्ष हुन् स्याण्डी ।
ईनास पूर्व उनी नेसास मार्फत सक्रिय थिइन् ।

युरेपेली मुलुक अष्ट्रियामा थोरै
संख्यामा नेपाली वसोवास गरेता पनि उनी नव पिडीलाई नेपाली संस्कृति र
संस्कार सिकाउन लागि परेकी छिन् । नेपालीहरुले मान्दै आएका चाडपर्वहरु जस्तै
होली, तीज, ल्होसार, दशैं र तिहार जस्ता पर्वहरुमा केहि न केहि कार्यक्रम
आयोजना गरि त्यहाँ बस्ने नेपालीहरुलाई एकतावद्ध गर्न क्रियाशिल रहँदै आएकी
छिन् । उनले नेपाली भेषभुषा, भाषाको सम्र्वद्धनमा आफूलाई सधैं अग्रपंक्तिमा
उभ्याउँदै आएकी छिन् । नेपाली हितका लागि विभिन्न समाजसेवा गर्दै आएकी
सन्तोषीले यहि जुलाई २२ मा गैर आवसीय नेपाली संघ अष्ट्रिया शाखामा हुने
निर्वाचनका लागिे महिला तर्फको उपाध्यक्ष पदमा उमेद्वारी दिएकी छिन् ।
संस्थागत रुपान्तरण, सामाजिक एकता सबैको एनआरएन हाम्रो प्रतिवद्धता भन्ने
मूल नाराका साथ चुनावी मैदानमा उत्रिएकी स्याण्डी अत्याधिक मत ल्याएर विजय
हुनेमा आशावादी छिन् ।

यतिका बर्ष नेपालीहरुको हितमा काम गरियो अब थप
जिम्मेवारी लिएर सामाजिक एकताको लागि चुनावी मैदानमा उत्रिएको उनको
भनाई छ । अहिले सम्म उनले गरेको कामले सवैको मन जितेको र यसैलाई
आधार मानेर आफ्नो जित सुनिश्चित हुनेमा उनी ढुक्क छिन् । आशा छ उनको
जितले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रर्वद्धन हुनेछ जितको शुभकामना ।।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार