कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सहकारी समस्या समाधानका लागि रास्वपाले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र

काठमाडौं,१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्त पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउँदै सुझावपत्र बुझाएको छ ।

मंगलबार रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझावपत्र बुझाएको हो ।

रास्वपाको सुझावपत्र बुझ्दै प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।

प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent