उपेन्द्र यादवले गरे शपथ ग्रहण,उपप्रधानसहित स्वास्थ्यमन्त्रीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले गत सोबार अघिल्लो गठबन्धन तोड्दै नयाँ सत्ता गठबन्धन बनाएका थिए । बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका मन्त्रीहरुले शपथ लिईसको छन् । प्रचण्ड सरकारमा एमालेका ८, माओवादीका ५ ,रास्वपा ४, नेकपा एकीकृत समाजवादी र जसपाका समान २ मन्त्री सहभागी भएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार