उपनिर्वाचनः एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुहाङ स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा र बझाङ–१ (क) मा प्रदेश सभा सदस्य चयनका लागि आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

एमालेले बझाङ १ (क) को मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले सिंगो पार्टी शक्ति एमालेको उम्मेदवारलाई विजयी गराउन केन्द्रीत हुने र अरु पार्टीहरुलाई पनि सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय भएको बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार