कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा उनले ट्रफीसहित १० लाख रुपैयाँ हात पारिन्।

कोच प्रमोद खरेलको टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। फिनालेमा ८ जना फाइनलिस्टहरुले प्रतिस्पर्धा जनाएको थिए।

खरेलको टिमबाट तामाङसहित लाक्पा शेर्पा फिनालेमा पुगेका थिए।

त्यसैगरी, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ पुग्दा कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।

यसअघिका सिजनमा पनि प्रमोदको टिमबाट विजेता बनेका थिए। जेनिस उप्रेती पहिलो सिजनको विजेता बन्दा दोस्रो सिजनको उपाधि स्पन्दन सुब्बाले जितेका थिए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार