कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘एफ एल एफ अवार्ड २०८१’ मा सहभागिताको लागि अब केही दिन मात्र बाँकी

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ मा सहभागिताको लागि फाराम भरेर दरखास्त दिने समय अब केही दिन मात्र बाँकी रहेको आयोजकले जनाएको छ।

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने जानकारी दिए। ‘हामीले फिल्म र म्यूजिक भिडियोका लागि फाराम खुलाइसकेका छौं। फाराम भर्ने मिति समाप्त भएपछी अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म म्युजिक भिडियो हेर्नुहुनेछ त्यसपछि नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौं,’ उनले भने।

यस वर्षको अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ। यस वर्षको अवार्डमा उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन्।

जुरी टिमले फिल्म र म्यूजिक भिडियोहरु हेरेर हरेक दृष्टिले उत्कृस्ट विधाको छानबिन गर्नुहुनेछ , त्यसपछि उत्कृष्ट बिधाहरुको नोमिनेसन छिट्टै सार्वजनिक गरिने बताइएको छ।

सहभागिताको लागि पाथिभरा च्यानल अनामनगर काठमाडौंमा सम्पर्क गरेर नियम अनुसारको फारम भर्न सकिने छ | साथै यस सम्बन्धि आवश्यक जानकारी पनि सहभागीहरुले पाउन सक्नुहुनेछ |

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिले हरेक वर्ष नेपाली फिल्म र म्यूजिक भिडियोको स्तरवृद्धि गर्न यो अवार्ड आयोजना गर्दै आएको छ। यस वर्षको अवार्ड समारोहले पनि नेपाली सिनेमा उद्योगमा उत्कृष्ट योगदान दिने कलाकार र निर्माता निर्देशकहरुलाई सम्मानित गर्ने लक्ष्य लिएको छ।

यस पटकको अवार्ड समारोह अमेरिकामा अवार्डको मनोनयन सार्वजनिक भएपछी काठमाडौंमा विशेष कार्यक्रमको रुपमा आयोजना हुने भएपछि नेपाली फिल्म उद्योगका लागि यो एक ऐतिहासिक क्षण बन्ने अपेक्षा गरिएको छ। अवार्ड कार्यक्रमलाई भव्य र सफल बनाउन आयोजक टोलीले विशेष तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार