कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिखित माफी मागेपछि जेलबाट छुटे ‘सिधाकुरा’का प्रकाशक र सम्पादक

‘सिधाकुरा’ अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेलबाट रिहा भएका छन्। 

सिधाकुराले ‘डार्क फाइल’ नाममा प्रसारण गरेको अडिओले अदालतको अवहेलना भएको भनी मुद्दामा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। 

सो मुद्दामा सर्वोच्चले सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगानाविरुद्ध ३/३ महिना कैद सजाय हुने फैसला सुनाएको थियो। तर लखित माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख थियो। 

फैसलाबमोजिम काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा थुनिएका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगाना क्षमायाचना गरी पुनः त्यस्तो गल्ती नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेपछि आज बिहान जेलबाट छुटेका हुन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार