लिम्बु जातिको आफ्नै भाषा सस्कृति र सस्कार छ | आफ्नो सभ्यता र पहिचानको लागि लिम्बुहरुले समय समयमा हरेक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाउदै आएको छ | समय र परिस्थिति अनुसार अन्य जाति जस्तै लिम्बु जाति पनि रोजकारी र अन्य कामको लागि बिश्वको धेरै मुलकमा गएको पाइन्छ |
त्यहाँ उनीहरुको अवस्था जिबन शैली र आफ्नो भाषा सस्कृति प्रति उनीहरुको बुझाइ र हेर्ने दृष्टिकोण कस्तो होला बिशेष गरेर त्यही जन्मेर हुर्केकोहरु हामी सबै लाई कौतुहलता लाग्न सक्छ |
लिम्बु जातिको पहिलो चलचित्र निर्दशन गरेर लिम्बु भाषसस्कृतिको संरक्षण र उत्थानमा उल्लेखनीय योगदान दिनुभएको निर्देशक किशोर सुब्बाले अमेरिकामै जन्मेर हुर्केको युवा अवस्थाको परिवेश लाई समेटेर एउटा लिम्बु भाषाको गीतको म्युजिक भिडियोको निर्माण र निर्देशन गर्दै हुनुहुन्छ | हालै सार्वजनिक भएको ‘ए फुंङ्…’ गीतको लिरिकल भिडियो श्रोता तथा दर्शकहरुले मन पराइ रहनु भएकोछ
लामो समय देखि अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका चलचित्र निर्देशक किशोर सुब्बाले आफ्नो मातृभाषा लोप हुनुको मुख्य कारणमा अभिभावकहरु सचेत नहुनु र युवा पुस्ताहरु जहाँको संस्कारमा हर्कियो त्यहीं को भाषा, संस्कृति र संस्कार अंगाल्ने हुँदा सन्सारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशमूलक लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्…’को लिरिकल भिडियो जेपिजे इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गर्नु भएको छ ।
शब्द बिवस वेनाम, स्वर मनी ताम्लिङ्ग, दिपा सुहाङ्गको रहेको गीतको संगीत, एरेन्ज, मिक्सिङ्ग रेकर्डिङ्ग मनी ताम्लिङ्गले गरेका हुन छायांकन निर्मल सुबाको रहेकोछ भने भने यसका सम्पादन मन्दिल श्रेष्ठ, निर्माण तथा निर्देशन किशोर सुब्बाको रहको छ ।
जेपिजे ईन्टरटेनमेन्ट, न्युयोर्कको सहकार्यमा म्युजिक भिडियो आगामी तिहार लगतै सार्वजनिक गरिने जानकारी निर्देशक किशोर सुब्बाले दिनु भएको छ ।
भिडियो हेर्नुहोस !!!