
काठमाडौं | चलचित्र बिकाश बोर्ड द्धारा आयोजना भएको २०८० को आदिबासी तथा बिभिन्न मातृभाषी चलचित्रहरु मध्ये बाट सर्बोकृस्ट चलचित्र घोषित भएर रास्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको चलचित्र लोजिमा यही बैशाख १३ गते शनिबार १० : ३० मा फ्रेन्डस सिनेमा बराह मालमा भव्यताका साथ् धरान प्रिमियर हुदैछ |

नायिका पबी तेम्बे लिम्बु आयोजक रहनु भएको उक्त कार्यक्रममा सहयोगी याक्थुङ चलचित्र कर्मी संघ धरान रहेकोछ |अन्य सहयोगीहरुमा सुदिप थक्लुङ निर्मला सुहाङ कन्दङवा लगायत रहनु भएको छ | हाल सम्म निर्माण भएको लिम्बु भाषाको चलचित्रहरुमा लोजिमा ले मात्र नेपाल सरकार चलचित्र बिकाश बोर्ड द्दारा रास्ट्रिय पुरस्कार पाएको छ |हाल सम्म ४५ स्थानमा ११० भन्दा बढी शो भएको लोजिमाले दर्शकको अपार माया साथ र सदभाव पाएकोछ |

१२ औ नेपाल अफ्रिका अन्तरास्ट्रीय फिल्म फेस्टिभल ( NAFF ) अप्सना म्युजिक एण्ड फिल्मसमा सर्बोकृस्ट अवार्ड, दोश्रो रास्ट्रिय आदिवासी म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ एफ एल एफ अवार्ड, बिराट म्युजिक एण्ड फिल्मस् अवार्ड भारतको कोलकाता भएको इन्डो नेपाल फेस्टिवल लगायत करिब एक दर्जन अवार्ड र १६ विधामा चलचित्र लोजिमाले सर्बोकृस्ट चलचित्र र अन्य विधामा सम्मानित् भइसकेकोछ |

लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् l चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेखेका हुन् l
चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l